सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ । उनको सचिवालयमा सोमवार दिउँसो भएको आगलागीमा परि कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका छन् ।
संसद भवन नजिकै रहेको उच्च सुरक्षा घेराभित्रको भवनको तेस्रो तलाको शौचालयमा आगलागी भएको प्रधानमन्त्रीका सल्लाहकार यौसाफ बैघ मिर्जाले बताए । कार्यालयमा आगलागी भएको बेला प्रधानमन्त्री खान कार्यालयमै एउटा बैठकको अध्यक्षता गरिरहनु भएको सल्लाहकार मिर्जाले जानकारी दिए ।
आगलागी भएको थाहा पाउनेबित्तिकै अग्नीनियन्त्रक र उद्धारकर्ताहरुले कार्यालयमा रहेका प्रधानमन्त्री खानसहित सबैलाई तत्काल कार्यालय बाहिर निकालेका थिए । विद्युत शर्ट भएर आगलागी भएको अधिकारीहरुले जनाएका छन् । आगो तत्कालै निभाइएको थियो ।
(एजेन्सी)
