बाँकेको जानकी गाउँपालिकाद्वारा बृक्षारोपण

सदरलाइन संवाददाता २० श्रावण २०७९, शुक्रबार १६:१८
 

जानकी (बाँके) : बाकेको जानकी गाउपालिकाले शुक्रवार वृक्षारोपण गरेको छ । पालिकाले विरुवा लगाऔ वातावरण बचाऔ भन्ने मुल नाराका साथ वृक्षारोपण गरेको हो ।

पाालिकाले वडा नम्वर एक, दुई र तीनमा वृक्षारोपण गरेको छ भने दुई नम्वर वडाको प्रहरी चौकी वेलभारमा समेत वृक्षारोपण गरेको छ ।


वृक्षारोपण कार्यक्रममा वोल्दै गाउपालिकाकी उपाध्यक्ष रामप्यारी यादबले वृक्षारोपण गरेमा गाउँ हराभरा र स्वच्छ सफा हुने भन्दै वृक्षारोपण गर्न जरुरी रहेको बताएकी छन् ।

वृक्षारोपणमा जानकी एक नम्वर वडाका वडा अध्यक्ष, सदस्य त्यसैगरेर दुई नम्वर वडाबाट कार्यपालिका सदस्य र तिन नम्वर वडाका वडा अध्यक्ष र तिनै वडाका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण गरिने

२० श्रावण २०७९, शुक्रबार १६:१८
नेपालगञ्ज  :  नेपालगञ्ज उपमहानगरपालिका भित्रका शहरी क्षेत्रको घनाबस्ती रहेका वडाका सबै घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण हुने भएको छ । उपमहानगरका बडा नं.३ र ७ का सवै घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण हुने भएको हो । उपमहानगरपालिको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र युनिसेफको साझेदारीमा दुबै बडाका १ हजार १ […]

सम्बन्धित