प्रादेशिक महोत्सवबारे पत्रकारहरुसँग छलफल

२० माघ २०७५, आईतवार १७:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १६ देखि २६ गतेसम्म सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना गरिने प्रादेशिक महोत्सव २०७५ का बिषयमा यहाँबाट प्रकाशित हुने छापा सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुसँग छलफल गर्नुका साथै सुझाव लिईएको छ ।
संघको कार्यालय एवं महोत्सव सचिवालयमा आइतवार पत्रकारहरुसँग संघका अध्यक्ष नन्दलाल बैश्य, उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी, महोत्सव प्रचारप्रसार समितिका संयोजक टंकबहादुर धामी, उपसंयोजक चिरञ्जीवी ओलीले महोत्सव सफल बनाउने सम्बन्धमा सुझाव लिएका थिए । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का महासचिव भेषराज बस्नेत, महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, यहाँबाट प्रकाशित हुने पत्रिकाका सम्पादकलगायतका पत्रकारहरुले महोत्सवलाई सफल बनाउन सञ्चारक्षेत्रले गर्नुपर्ने सहयोग गरिने बताए ।
बैश्यले स्थानीय उत्पादन बृद्धिको जागरण ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा सञ्चारक्षेत्रबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए । प्रचारप्रसार समितिका संयोजक धामीले महोत्सवलाई सफल बनाउनका लागि प्रचारप्रसारको कामलाई बिगतका वर्षभन्दा परिस्कृत गर्दै लैजाने जिकिर गरे । साथै उनले महोत्सव अवधीभर फ्रि वाईफाई जोन बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रचारप्रसार समितिका उपसंयोजक चिरञ्जीवी ओलीले आईतवार नेपालगञ्जबाट प्रकाशित हुने दैनिक, साप्ताहिक, पाक्षिक पत्रिकाका सम्पादक, अग्रज पत्रकारहरुसंग छलफल गरिएको जानकारी दिए । छिटट्ै एफएम, टिभी, अनलाइन र राष्ट्रीय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुसँग निरन्तर छलफल गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिले जनाएको छ ।

Next Post

प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’को बृत्तचित्र प्रर्दशन

२० माघ २०७५, आईतवार १७:१२
सदरलाइनडटकम, नेपालगञ्ज  :  प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार पन्नालाल गुप्त चाचाजीको जीवनमा आधारित बृत्तचित्र आइतबार नेपालगञ्जमा प्रर्दशन गरिएको छ । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा प्रर्दशन गरिएको सो बृत्तचित्र पत्रकार सन्तोष रेग्मीले निर्देशन गरेका हुन । बृत्तचित्र प्रर्दशनी कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी गुप्तसहित अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो […]