दुईलाख बढीको सुपरपावर नियन्त्रणमा लिई भन्सारमा बुझाईयो

सदरलाइन संवाददाता २६ श्रावण २०७८, मंगलवार १२:२३
 


नेपालगञ्ज  : बाँके प्रहरीले भन्सार छलेर अबैध रुपमा ल्याइएको करिब दुई लाख बढिको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१३ कोरियनपुरबाट सो सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरीको मोबाइल गस्तीटोलीले बेवारिसे अवस्थामा रहेको ‘सुपर पावर’ बाण्डको अन्दाजी मूल्य २ लाख १० हजार बराबरको रहेको जनाएको छ ।


बरामद गरिएको सुर्तीजन्य पदार्थ आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको बाँके प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीको राउटे बस्तीमा तीन जनाको मृत्यु

२६ श्रावण २०७८, मंगलवार १२:२३
कर्णाली : कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी […]

सम्बन्धित