युवा उद्यमशिलता तालिमको समापन

१२ असार २०७६, बिहीबार १८:१७
 

सदरलाइन/सीता खड्का,
नेपालगञ्ज   : नेपालगञ्ज उप–महानगरपालिकाले युवालाई लक्षित गरी आयोजना गरेको साताव्यापी उपमहानगर स्तरिय युवा सीप तथा उद्यामशिलता विकास तालिमको समापन भएको छ ।
युवालाई उद्यमशिल बनाउने तथा उद्यम र व्यावसाय सञ्चालन गर्नेतर्फ अग्रसर रहेकालाई आफ्नो व्यावसाय सञ्चालन गर्ने तौर तरिकाको बारेमा प्रशिक्षण गराईएको थियो ।
सात दिनसम्म सञ्चालन भएको तालिमको सहभागी शोभा श्रेष्ठले तालिमले आफुलाई व्यावसाय छनौट गर्ने तरिका र व्यावसायबाट कसरी नाफा आर्जन गर्न सकिन्छ भन्ने विषयमा सिक्ने अवसर प्राप्त गरेको बताईन ।
अर्का सहभागि पूर्णप्रकाश डाँगीले यस्ता तालिमले युवालाई स्वरोजगार बनाउन मद्दत पुुग्ने विश्वास व्यक्त गर्दै थप विशिष्ट श्रेणीको तालिम आफुहरुलाई आवश्यक भएको औल्याए ।
नेपालगञ्ज उप–महानगरपािलकाका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत लोकेन्द्र शाहीले उप–महानगरले युवालाई स्वारोजगार बनाई आफ्नो व्यावसाय आफै छनौट गर्न सक्षम बनाउने रहेको उद्देश्य अनुसार तालिम सञ्चालन गरिएको बताए । उनले तालिममा सिकेको सीपलाई व्यावहारमा उतार्नको लागि आग्रह समेत गरे ।
तालिममा घरेलु तथा साना उद्योग महासंघ बाँकेका कार्यालय प्रमुख बासुदेव सेढाई, मधु खड्का, हस्तबहादुर शाही, दिपन्द्र कुमार जोशीलागतले सहजिकरण गरेका थिए ।
तालिमको समापन नपालगन्ज उप–महानगर शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत शाहीको अध्यक्षता तथा सञ्चालन शाखा अधिकृत भिमबहादुर बिसीले गरेको कार्यक्रममा नेपाल शिक्षक महासंघका नेपालगन्ज उप–महानगर समिति अध्यक्ष मनोजराजा श्रीबास्तव, नेपाल पत्रकार महासंघ बाँकेका निबर्तमान अध्यक्ष रुद्र सुवेदीलगायतको उपस्थिति रहेको थियो 

Next Post

नेकपा सचेतक शान्ता चौधरी बिग्रेडमा उर्तिण

१२ असार २०७६, बिहीबार १८:१७
सदरलाइनडटकम, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सचेतक शान्ता चौधरीले बि–ग्रेडमा एसईई उतिर्ण गरेकी छन् । बिहीबार सार्वजनिक भएको नजिता अनुसार सांसद चौधरीले २.६५ ग्रेड (बी ग्रेड) ल्याएर एसईई पास गरेकी हुन् । गत चैतमा भएको एसईइ परीक्षामा सांसद चौधरीले दाङ्गको महेन्द्र मावि तुलसीपुर केन्द्रबाट परीक्षा दिएकी थिइन् । उनकी […]