‘क्याप्टेन’ नेपाली फुटवलको कथा हो : भुवन केसी

८ माघ २०७५, मंगलवार १६:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली सिने जगतका चर्चित नायक तथा निर्माता भुवन केसीले नेपाली कथानक चलचित्र ‘क्याप्टेन’ नेपाली फुटवलको कथा वस्तुमा आधारित चलचित्र भएको बताएका छन् ।
आगामी फागुनको १७ गतेदेखि रिलिजको तयारीमा रहेको सो चलचित्रको बारेमा नेपालगञ्जमा पत्रकारहरुसंग कुरा गर्दै नायक तथा निर्माता केसीले आफ्नो प्रोडक्सन हाउस सुपर काजल फिल्मसले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’ फुटवलको विषयमा आधारित रहेको जानकारी दिए ।
‘नेपाली खेलकुदको विकास तथा त्यस भित्र रहेका थिति बेथितिको उजागर गर्नुको साथै गाउँदेखि फुटबल खेल्न सुरु गरेर कसरी साफसम्म पुगेर आफ्नो देशको लागि पदक जित्न सक्यो त्यो कुरालाई पिल्ममा देखाउन खोजिएको छ’–उनले भने ।
छोरा अनमोल केसीको मुख्य भुमिका रहेको सो फिल्म नेपाली फुटबलको विषयमा बनेको पहिलो फिल्म भएको    उनको दाबी छ । उनले सरकार र नेपाली जनताले  आफ्ना  खेलाडिको   मनोबल  बढाउदै विजयी हुनको लागि हौसला दिन आवश्यक रहेको औल्याउदै भने–‘हाम्रा बीचमा भएका विभिन्न थिति  बेथितीलाई  अलग्गै  पन्छाएर देशको प्रतिनिधित्व गरेर खेल्न जाने खेलाडिको मनोबल बढाउन  सबैले सबै क्षेत्रबाट पहल गर्न जरुरी छ ।’
उनले करिव साढे २ करोडको लगानीमा निर्माण भएको चलचित्र ‘क्याप्टेन’को प्रविधिक पक्ष आत्याधुनिक रहेको जानकारी दिदै नयाँ र पुराना कलाकारको संगमको रुपमा तयार भएको जानकारी दिए । चलचित्रमा सरोज खनाल, सुनिल थापा जस्ता अग्रज कलाकारको समेत भुमिका देख्न पाईने बताए ।

Next Post

मालपोतबाट ५० हजारसहित ठाकुर परे अख्तियारको फन्दामा

८ माघ २०७५, मंगलवार १६:०९
सदरलाइनडटकम, नेपालगञ्ज  : अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटेको टोलीले मंगलबार दिउसो जिल्ला मालपोत कार्यालय नेपालगञ्जबाट एकजना कर्मचारीलाई ५० हजार घुससहित रंङ्गेहात नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार जिल्ला मालपोत कार्यालय बाँकेका खरदार सञ्जयकुमार […]