कर्णालीको राउटे बस्तीमा तीन जनाको मृत्यु

सदरलाइन संवाददाता २६ श्रावण २०७८, मंगलवार १४:२३
 

कर्णाली : कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो ।

एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए । दुबैको मृत्यु भएपछि परम्पराअनुसार दाहासंस्कार पनि गरिएको थियोे ।

परम्पराअनुसार मान्छे मर्दा ठाउँ सर्ने राउटे सोही गाउँपालिकाको काल्चेखोला नजिक सारेका हुन् । यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको थियो । तीनैजनको मृत्युपछि अहिले उनीहरूको संख्या १४० रहेको प्रहरी नायब उपरीक्षक थापाले उल्लेख गरे ।


मृत्युको खबर पाएपछि सुर्खेतस्थित जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेसहितको टोलीले सोमबार बस्तीमै पुगेर ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो तर अन्य कतिपयले भने जचाउन आएका थिएनन् ।

जनस्वास्थ्य प्रमुख वाग्लेका अनुसार राउटेलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था सोसेकको सहयोगमा केही औषधि उपलब्ध गराइएको र थप औषधि पछि पठाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेनीमा आगलागी हुँदा दुई पसल जले, लाखौंको क्षति

२६ श्रावण २०७८, मंगलवार १४:२३
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा सोमवार राती पौने ३ बजे भीषण आगलागी भएको छ । आगलागीबाट बेनीबजारको न्यूरोडमा अवस्थित दुईवटा पसल पूर्णरुपमा नष्ट भएका छन् भने मानवीय क्षति नभएपनि लाखौंको धन सम्पत्ति जलेर नष्ट भएको छ । बेनी नगरपालिका ८ स्थित न्यूरोडको रघुगंगा डेरी र नयन स्टोर्स रहेको जस्तापाताले […]