अष्ट्रेलिया टी–ट्वान्टी क्रिकेटमा इतिहासकै सर्वाधिक कम ६२ रनमा अलआउट

सदरलाइन संवाददाता २६ श्रावण २०७८, मंगलवार ११:५०
 


एजेन्सी  :  बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टी–ट्वान्टी आइ खेलमा नयाँ इतिहास रच्दै जीत निकाल्न सफल भएको छ । बंगलादेशका सफल अलराउण्डर सकिव अल हसन टी–ट्वान्टी आइमा एक हजार भन्दा बढी रन र एक सय विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

सोमबार सम्पन्न अष्ट्रेलिया विरुद्धको खेलमा सकिवले उत्कृष्ट बलिङ गर्दै ३ दशमलव ४ ओभरमा एक मेडनसहित ९ रन खर्चिएर चार विकेट लिएपछि अष्ट्रेलिया आफ्नो टी–टी–ट्वान्टी आइ इतिहासकै सर्वाधिक कम ६२ रनमा अलआउट भएको थियो ।

ढाकाको सेरे बंगला स्टेडियममा टस जितेर पहिलो ब्याटिङ रोजेको घरेलु टोली बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।


जवाफी ब्याटिङमा १२३ रनको जीत लक्ष लिएर उत्रिएको पाहुना टोली अष्ट्रेलिया १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटिएपछि बंगलादेशले ६० रनले जीत हासिल गरेको हो ।

यो जीतसँगै बंगालेशले इतिहास्मा पहिलोपटक अष्ट्रेलिया विरुद्ध ४–१ ले श्रृंखला कब्जा गर्न सफल भएको छ । उक्त श्रृंखला जिताउन बंगलादेशका सकिब अल हसनको योगदानको कदर गर्दै उनलाई म्यान अफ द सिरिज र म्यान अफ द म्याच समेत घोषित गरिएको थियो ।

उनले अष्ट्रेलिया विरुद्धको पाँच खेलमा सात विकेट लिनुका साथै ब्याटिङका लागि निकै कठिन मानिएको पिचमा कूल ११४ रन बनाउन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुईलाख बढीको सुपरपावर नियन्त्रणमा लिई भन्सारमा बुझाईयो

२६ श्रावण २०७८, मंगलवार ११:५०
नेपालगञ्ज  : बाँके प्रहरीले भन्सार छलेर अबैध रुपमा ल्याइएको करिब दुई लाख बढिको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१३ कोरियनपुरबाट सो सुर्तीजन्य पदार्थ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरीको मोबाइल गस्तीटोलीले बेवारिसे अवस्थामा रहेको ‘सुपर पावर’ बाण्डको अन्दाजी मूल्य […]