कञ्चनपुरमा प्रहरी हिरासतबाटै थुनुवा फरार

सदरलाइन संवाददाता १४ भाद्र २०८०, बिहीबार १४:१३
 

कञ्चनपुर : कञ्चनपुरमा प्रहरीकै हिरासतबाट एक थुनुवा फरार भएका छन् । बुधवार राती ८ः३० बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन् ।

प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेका हुन् । बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई मिति साउनको १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थुनिएका थिए ।


उनी थुनुवा हिरासत कक्षको बाथरुममा रहेको भ्यान्टीलेसनको ग्रिल तोडेर भागेको बताइएको छ । उक्त भ्यान्टीलेसनबाट बाहिर निस्केर भागेका उनको खोजतलासमा प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा ३० जनाको प्रहरी टोली खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँसगढीमा पहिलो पटक महिला प्रहरी प्रमुख

१४ भाद्र २०८०, बिहीबार १४:१३
बर्दिया : बाँसगढीले पहिलो पटक महिला प्रहरी प्रमुख पाएको छ । ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीमा प्रहरी निरिक्षकको रुपमा शैलेश्वरी बोहरा आएसँगै बाँसगढीले पहिलो पटक महिला प्रहरी प्रमुख पाएको हो । २०४५ सालमा स्थापना भएको मोतिपुर ईलाका प्रहरी कार्यालयमा पूरुष मात्रै प्रमुखको रुपमा रहँदै आएकोमा अहिले कार्यालयले महिला प्रमुख पाएको […]