लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता १६ असार २०७९, बिहीबार १३:१३
 

नेपालगञ्ज : बाँकेमा लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१८ लग्दहवा बस्ने ३२ वर्षीय सुवास यादव पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।


यादवमाथि बाँके जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ७ बर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको थियो । त्यसपश्चत् उनी फरार भएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई पक्राउ गरी बिहीवारनै बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्वारा राजीनामा

१६ असार २०७९, बिहीबार १३:१३
काठमाण्डौ : भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् । सामाजिक सञ्जालबाट उनले मुख्यमन्त्री पद त्यागेको घोषणा गरेका छन् । साथै उनले मुख्यमन्त्री पदबाट राजीनामा गर्दा कुनै दुःख नलागेको बताएका छन् । ठाकरे भारतीय शिवसेनाका प्रमुख […]