सदरलाइनडटकम
२९ माघ, रुकुम (पश्चिम) : रुकुमेली समाज विकास केन्द्रले अष्टेलियन एडको आर्थिक सहयोगमा ‘सबैका लागि दिगो सरसफाई र स्वच्छता’ कार्यक्रम अन्तरगत सानीभेरी गाउँपालिका–९ का ५५ विपन्न परिवारलाई पानी फिल्टर वितरण गरिएको छ ।
सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले समाजमा दुषित पानीबाट विभिन्न रोगहरु लाग्ने गरेको र यस्तो हुन नदिन फिल्टर वितरण गरी रुकुमेली समाज विकास केन्द्र र सबैका लागि दिगो सरसफाई र स्वच्छता कार्यक्रमलाई धन्यबाद दिए । फिल्टरको सहि प्रयोग गरी स्वच्छ समाज निर्माण गर्न सबै ९ नं बासीलाई पुनले अनुरोध गरे । मावि हासिबाङमा भएको कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष शेरबहादुर खड्काले वडालाई पूर्ण सरसफाई घोषणा गर्ने अभियान अन्तर्गत फिल्टर वितरण गरिएको जानकारी दिए ।
सानीभेरी गाउपालिकाको प्रवेशद्वार मानिने हासिबाङ र मगररांजालाई सरसफाईमा नमुना गाउँ बनाउने अभियानलाई प्रोत्साहन गर्न फिल्टर वितरण कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडा अध्यक्ष खड्काको दाबी छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा ओली‚ रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चान सबैका लागि दिगो सरसफाई र स्वच्छता कार्यक्रम संयोजक उत्तम भट्टले गरेका थिए ।