कोरोना प्रभाव : प्रदेश पाँचमा हुने सबै सम्मेलन स्थगित

१९ फाल्गुन २०७६, सोमबार १८:२७
 

सदरलाइनडटकम,
बुटवल : नोबेल कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै प्रदेश ५ सरकारले बैशाख ४ र ५ गते गर्न गईरहेको लगानी सम्मेलन स्थगित गरेको छ । प्रदेश ५ सरकारको मन्त्रिपरिषदको सोमवार बसेको बैठकले प्रदेश सरकारको लगानी सम्मेलनसहित प्रदेशका १२ वटै जिल्लामा मेला महोत्सव, भेला जस्ता सार्वजानिक कार्यक्रम नगर्ने र हुन नदिने निर्णयसमेत गरेको छ ।
मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्दै भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले संघिय सरकारको निर्णय कार्यान्वयन गर्ने निर्णयसहित प्रदेश सरकारको लागानी सम्मेलनसमेत स्थगित गरिएको जानकारी दिए ।
उनले लगानी सम्मेलनमा बिदेशी पाहुनाहरु समेत सहभागि रहने भएको हुंदा लगानी सम्मेलन स्थगित गरिएको बताए । कोराना भाईरसको बिश्वभरीको अवस्था हेरेर उपयुक्त समयमा लगानी सम्मेलन गरिने मन्त्री चौधरीले बताए ।

Next Post

क्यान ईन्फोटेकको सबै तयारी सकियो

१९ फाल्गुन २०७६, सोमबार १८:२७
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालगञ्जमा मंगलबारबाट संचालन हुन लागेको क्यान इन्फोटेकको सम्पूर्ण तयारी पुराभएको आयोजकले जनाएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) बाँके शाखाको आयोजनामा फागुन २० देखि २४ गतेसम्म संचालन गरिने मेलाको सम्पूर्ण तयारी पुरा भएको दिदै मेलाको उद्घाटनमा ड्रोनबाट पुष्पवर्षा गरिने भएको छ । क्यान ईन्फोटेकको चौथो संस्करणको […]

सम्बन्धित