जुनिचाँदेका वडाध्यक्ष नेपाली पक्राउ

सदरलाइन संवाददाता २१ श्रावण २०७८, बिहीबार १४:५१
 

जाजरकोट : जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते स्थानीय सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेका वडाध्यक्ष नेपालीलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आजै सदरमुकाम ल्याइने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।


सर्पेलाई बन्धक बनाएपछि प्रहरी आएर मुक्त गरेको थियो। नेपालीले यो भन्दा अघि जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य सह–संयोजक यज्ञश्वार बस्नेतलाई पनि कुटपिट गरेका थिए । सो मुद्दासमेत टुंगिएको छैन ।

त्यो भन्दा अघि स्थानीय युवाहरूसँग विवाद हुँदा नेपाली घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार २३ जनामा कोरोना पुष्टि

२१ श्रावण २०७८, बिहीबार १४:५१
नेपालगञ्ज : बाँकेमा बिहीबार एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीका अनुसार संक्रमण पुष्टि भएका १३ जना कोहलपुरका हुन् । तीमध्ये ६ जना बालबालिका छन् । उनीहरु ९ […]