नरैनापुर गाउपालिकामा आठ दिने उद्यमशिलता तालिम सुरु

२९ फाल्गुन २०७४, मंगलवार १२:०४
 

सदरलाइनडटकम
२९ फागुन, नेपालगन्ज : घरेलु तथा साना उद्योग विकास कार्यालय नेपालगन्जको आर्थिक सहयोगमा बाँकेको नरैनापुर गाउपालिकामा ८ दिने उद्यमशिलता विकास तालिम शुरु गरिएको छ ।
गाउपालिकाका विभिन्न वडाका ३२ जना व्यवसायीलाई छनोट गरी उनीहरुलाई तालिममा सक्रिय सहभागी गराउँदै तत्काल आत्मनिर्भर बनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम उन्तर्गत बाँकेमा सो कार्यक्रम उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेले सहजीकरण गरेको छ ।
तालिममा उत्पीडित सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक रबि रोकायाले ८ दिनको तालिमले सहभागिलाई तत्काल आत्मनिर्भर बनाउनको लागि व्यावसाय छनोट गर्न तथा व्यावसाय सञ्चालनमा मद्दत पुग्ने बताए ।
८ दिनको तालिममा उनीहरुलाई व्यवसाय छनोटको प्रकृया, व्यवसायमा हुने समस्या, समाधान तथा बजारीकरणका बारेमा जानकारी गराइने उद्यमशिलता सहजकर्ता विनु हमालले जानकारी गराईन् ।
सहभागिहरुले छनोट गरेको व्यवसायमा समेत सहभागिहरुलाई मध्य तथा लामो तालिमको आयोजना गरी ८० प्रतिशत रकम कार्यक्रमले व्यहोर्ने गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका कार्यक्रम संयोजक यूराज पोख्रेलले जानकारी गराए ।
नरैनापुर गाउपालिका अन्तर्गत १ सय २० जना उद्यमी बनाउने कार्यक्रमको लक्ष्य रहेको छ ।

Next Post

विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

२९ फाल्गुन २०७४, मंगलवार १२:०४
सदरलाइनडटकम   २९ फागुन, काठमाण्डौ  : बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकी छन् । उनले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएकी हुन । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । नव निर्वाचित भण्डारीले ३९ हजार २७५ मतभार पाउँदा राईले ११ […]