बैंकको लापरवाहीले पोषण भत्ता गुम्यो

सदरलाइन संवाददाता १९ श्रावण २०७८, मंगलवार १५:४२
 

नेपालगञ्ज : बैंकको लापरबाहीले जाजरकोटको भेरी नगरपालिकाका ९ सय २० बालबालिकाले एक वर्षको पोषण भत्ता गुमेको छ ।

एनआइसी एसिया बैंकले सम्झौता अनुसार काम नगर्दा भत्ता गुमेको नगरपालिकाका पदाधिकारीले बताएका छन् । सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिँदै आएको पोषण भत्ता बापतको रकम ४७ लाख रूपैयाँ एनआइसी एसिया बैंकमा गत असार २८ गते नगरपालिकाले जम्मा गरेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए ।


आर्थिक वर्षको अन्त्यमा काटेको चेक १५ दिनभित्र नसाटे चेक स्वतः रद्द हुन्छ । अन्तिम म्याद साउन १२ गतेसम्म थियो । तर, म्यादसम्म पनि बैंकले काम नगरेकाले रकम फ्रिज भएको नगरप्रमुख घर्तीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्मैकसहित रुपइडिहामा एक जना पक्राउ

१९ श्रावण २०७८, मंगलवार १५:४२
नेपालगञ्ज : सीमावर्ती भारतीय बजार रुपइडिहामा प्रतिबन्धित लागुऔषध स्मेकसहित एकजना पक्राउ परेका छन् । रुपइडिहा घसियारन टोलका अन्दाजी २५ वर्षीय मोहम्मद अनिश पक्राउ परेको रुपइडिहा थानाका प्रमुख अभय सिंहले जानकारी दिए । शंकास्पद गतिविधि देखिएपछि अनिशलाई एसएसवीले खानतलासी गरेको थियो । त्यसक्रममा अनिशको साथबाट १ सय ३४ ग्राम स्मेक बरामद […]

सम्बन्धित

ताजा अपडेट