सोमवार बाँकेमा २६ जनामा कोरोना पुष्टि, ५ डिस्चार्ज

सदरलाइन संवाददाता १८ श्रावण २०७८, सोमबार १६:४४
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १५२ नमुना परीक्षण गर्दा थप २६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीको प्रयोगशालामा ८९९ नमुना परीक्षण गर्दा १२, मेडिकल कलेज कोहलपुरमा ३७ नमुना परीक्षण गर्दा ११ र बागेश्वरी प्रयोगशालामा २६ नमुना परीक्षण गर्दा ३ गरी २६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

तीमध्ये बाँकेका ८ महिला र ७ पुरुष गरी १५ जना छन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ६ सय ४९ पुगेको छ ।


यस्तै सोमवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ५० पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

पछिल्लो केही दिनदेखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या १५ पुगेको छ भने मध्यम बिरामीको संख्या २२ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाम्रो सम्मान परियोजना अन्तरगत मनोरञ्जन क्षेत्रमा कार्यगर्नेलाई मानव बेचविखन बिरुद्धको अभिमुखिकरण

१८ श्रावण २०७८, सोमबार १६:४४
नेपालगञ्ज  :  मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक तथा सञ्चालकलाई लक्षित गरी मानव वेचविखन र श्रम अधिकार सम्बन्धी एक दिने अभिमुखिकरण नेपालगञ्जमा आयोजना गरिएको छ । २५ जना सहभागी रहेको सो अभिमुखिकरण कार्यक्रम हाम्रो सम्मान परियोजना अन्तरगत सञ्चालन गरिएको हो । युएसएआइडी, युकेएआईडिको आर्थिक सहयोग र वीनरकको प्राविधिक सहयोग तथा कानूनी सहयोग […]