हाम्रो सम्मान परियोजना अन्तरगत मनोरञ्जन क्षेत्रमा कार्यगर्नेलाई मानव बेचविखन बिरुद्धको अभिमुखिकरण

सदरलाइन संवाददाता १८ श्रावण २०७८, सोमबार १७:३०
 


नेपालगञ्ज  :  मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक तथा सञ्चालकलाई लक्षित गरी मानव वेचविखन र श्रम अधिकार सम्बन्धी एक दिने अभिमुखिकरण नेपालगञ्जमा आयोजना गरिएको छ । २५ जना सहभागी रहेको सो अभिमुखिकरण कार्यक्रम हाम्रो सम्मान परियोजना अन्तरगत सञ्चालन गरिएको हो ।

युएसएआइडी, युकेएआईडिको आर्थिक सहयोग र वीनरकको प्राविधिक सहयोग तथा कानूनी सहयोग तथा परामर्श केन्द्र ‘ल्याक’ नेपालको आयोजना सम्पन्न सो हाम्रो सम्मान परियोजना अन्तरगतको अभिमुखिकरण कार्यक्रममा मनोरञ्जन क्षेत्र होटल, दोहरी साँझ, फिटनश क्लव, डान्स क्लव जस्ता मनोरञ्जनका क्षेत्र मानव वेचविखनको दृष्टिले अत्यन्तै संवेदनशिल भएकोले यो क्षेत्रका सञ्चालक, श्रमिकलाई मानव बेचखिन बिरुद्धको सचेतना फैलाउने उद्देश्यले अभिमुखिकरणको आयोजना गरिएको आयोजक ल्याकका कार्यक्रम संयोजक अर्पणा सिहले जानकारी दिईन ।

उनले हाम्रो सम्मान परियोजना अन्तरगत यसअघि मनोरञ्जनका क्षेत्रमा कार्यरत श्रमिक तथा सञ्चालकलाई सहभागि गराई दुई दिने मानव बेचविखन बिरुद्ध तालिम सम्पन्न गरि सकेको र सो तालिमका सहभागिलाई पुनरताजकी लागि एक दिने अभिमुखिकरण आयोजना गरिएको बताईन ।


सो अभिमुखिकरणमा श्रमीकका अधिकार तथा दायित्वका बारेमा र मानव वेचविखनको प्रकृति तथा यसको कारणबारे प्रशिक्षकहरुले सहभागिलाई जानकारी गराउदै छलफल गराईको थियो । मानव बेचविखनका क्षेत्रमा जोखिममा रहेकालाई कसरी जोगिने, उनीहरुले अपनाउने तौरतरिकाको बारेमा जानकारी गराईएको अधिवक्ता सुनिता शर्मा ज्ञवालीले जानकारी दिईन ।

तालिममा सहभागीहरुलाई मानव वेचविखन र श्रम अधिकार सम्बन्धी नेपाल ल क्याम्पसका उपप्राध्यापक अधिवक्ता मनिषा पौडेल, अधिवक्ता अनिता न्यौपानेले प्रशिक्षण दिएक थिए । ल्याकको आयोजना बाँके, कैलाली, रुपन्देही र काठमाण्डौमा यस सम्बन्धी १० वटा छुट्टाछुट्टै तालिम आयोजना गरी सम्पन्न भई सकेको छ । हाम्रो सम्मान परियोजना अन्र्तगत सो तालिमको आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘फ्लोरक्रस’ गर्ने कर्णालीका चार एमाले सांसदको कारबाही सर्वोच्चद्वारा सदर

१८ श्रावण २०७८, सोमबार १७:३०
काठमाडौं : पार्टी व्हीप नमानी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनेक्रममा ‘फ्लोर क्रस’ गर्ने चार एमाले प्रदेश सभा सदस्यलाई पार्टीले गरेको कारवाही सर्वोच्च अदालतले सदर गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले चार सांसदलाई […]