सदरलाइनडटकम,
डुडुवा (बाँके) : नीजि तथा पारिवारिक वन संघ नेपाल (एफोन) बाँकेले डुडुवा गाउँपालिका वडा नं. ५ कम्दीमा ४ हजार ५ सय विरुवा स्थानीय कृषक समूहलाई वितरण गरेको छ । एफोन बाँकेका सचिव किरण ढकालका अनुसार वितरण गरिएका विरुवाहरुमा आम्रपाली आँप, लिचि, कागती, बकाइनोलगायत रहेका छन् ।
डव्लुडव्लुएफको साझेदारीमा गत फागुनदेखि सञ्चालन भएको कम्दी कोरीडोरमा कृषि बन सम्बन्धी परियोजनाअन्तर्गत ८ समूहका एक सय परिवारलाई प्रतिपरिवार ४५ बिरुवा वितरण गरिएको हो ।
डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानोले कृषकहरुलाई विरुवा प्रदान गरिन् । सचिव ढकालका अनुसार परियोजना अन्तर्गत किसानहरुलाई कृषि बन, विरुवा रोपाई तथा पारिवारिक बनका बारेमा तालिम कार्यक्रम समेत दिइएको थियो ।
