बाँकेमा मंगलवार ३७ जना कोरोनामुक्त

सदरलाइन संवाददाता २५ कार्तिक २०७७, मंगलवार ०८:५८
 

नेपालगञ्ज : बाँकेमा मंगलवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २३ पुरुष र १४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय २९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


हालसम्म ३ हजार ४ सय ३६ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९१ दशमलव १७ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ७२ र अन्य जिल्लाका २३ गरी २ सय ९५ जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

Next Post

बर्दियाका थप एक संक्रमितको बाँकेमा मृत्यु

२५ कार्तिक २०७७, मंगलवार ०८:५८
नेपालगञ्ज : बर्दियाका थप एक कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ का ३२ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मंगलवार बिहान ११ बजे मृृत्यु भएको हो । उनको स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १३ गते अस्पतालमा भर्ना गरिएको थियो । १४ गते कोरोना […]