भेरीको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १ बैशाख २०७८, बुधबार १५:३७
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार थप ७५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । अस्पतालले जारी गरेको सूचनामा १२३ नमूना परीक्षण गर्दा उनिहरुमा कोभिड संक्रमण पुष्टि भएको उल्लेख छ ।

यो परीक्षण संख्याको ६१ प्रतिशत हो । केहि दिनयता बाँकेमा कोरोना भाइरस संक्रमित संख्या अस्वभाविक रुपमा बढिरहेको छ । बुधबार संक्रमण पुष्टि हुनेहरु ४ वर्षदेखि ८१ वर्ष उमेर समुहका रहेको अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरु प्राय युवा अवस्थाका रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म ५५ हजार ३९४ नमूना परीक्षण गरिएको छ । जसमध्ये ५ हजार ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Next Post

भेरीको कोरोना वार्ड संक्रमितले खचाखच

१ बैशाख २०७८, बुधबार १५:३७
नेपालगञ्ज  : पछिल्लो एकसाता यता कोरोना सक्रमण तीब्र गतिमा बृद्धि हुँदा नेपालगञ्जको भेरी अस्पतालमा नयाँ विरामी भर्ना गर्नै नसक्ने अवस्थामा पुगेको छ । कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई उपचारको लागि आइसोलेशसनमा राख्न नसक्ने भएको हो । भेरी अस्पताल व्यवस्थापन समितिले अस्पतालमा आयोजना गरेको सर्बपक्षिय छलफलमा […]