सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको स्थानीय तहका स्वास्थ्य शाखामा जनशक्तिको अभाव भएको कारण स्वास्थ्य क्षेत्रको योजना तथा सेवा प्रवाहमा समस्या उत्पन्न हुने गरेको गुनासो आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा जिल्ला स्तरिय दोश्रो चौमासिक समीक्षा गोष्ठिका सहभागिले सो गुनासो गरेका हुन ।
बाँकेका आठवटै स्थानीय तहमा जनशक्ति अभावको कारण स्वास्थ्यका क्षेत्रमा प्रवाह गर्ने सेवामा प्रभाव पार्नुको साथै योजना तर्जुमा गर्नलाई समेत कठिन हुने गरेको उनीहरुको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसीको अध्यक्षतमा सम्पन्न सो समीक्षा गोष्ठीमा बर्षभरी आ–आफ्नो स्थानीय तहबाट स्वास्थ्यका क्षेत्रमा गरिएका विभिन्न गतिविधिको प्रस्तुती गरिनुको साथै समीक्षा गरिएको थियो ।
सो कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द, खोप सुपरभाईजर देबिरमा पौडेल, लगायत जिल्लाका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखाका संयोजक तथा सह–संयोजकको सहभागिता रहेको थियो ।