राप्तीपारीको मटैया मावि स्रोत केन्द्र पठन उत्सव

६ असार २०७४, मंगलवार १९:५६
 

सदरलाइनडटकम
६ असार, नेपालगन्ज : बाँकेको राप्तीपारीको मटैया मावि स्रोत केन्द्र अन्तरगतका विद्यालयका विद्यार्थीहरुको पढाई स्तरमा सुधार ल्याउनको लागि बृहद पठन उत्सवको आयोजना गरिएको छ ।
स्रोत केन्द्रस्तरका विद्यार्थीको सिकाई उपलब्धी मापन गर्ने उद्देश्यले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत सो स्रोत केन्द्रका २१ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।
महेन्द्र मावि मटेहिया स्रोत केन्द्रका स्रोत व्यक्ति ईश्वर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (ईजिआरपी) का जिल्ला सांयोजक उपेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा गत आईतबार सम्पन्न भएको थियो ।
बालबालिकालाई पढ्न रुची लाग्ने खालका विभिन्न शैक्षिक सामाग्री सहितको स्टलहरु राखिएको र सोही कार्यक्रममा पढाईको महत्व, पढ्ने बानीको विकास, र बालबिबाह कुरीती हो भन्ने सन्देश दिने सडक नाटक समेत देखाईको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा मुस्लिम छात्रा कलेजको प्रतिबद्धता सहित एमाले घरदैलोमा

६ असार २०७४, मंगलवार १९:५६
सदरलाइनडटकम ६ असार, नेपालगन्ज : नेकपा एमाले नेपालगन्ज उप–महानगरपालिकाका मेयर पदका उम्मेदवार समशुद्धिन सिद्धिकी र उपमेयरकी उम्मेदवार शान्ति ढकालले नेपालगन्जमा मुस्लिम छात्राका लागि छुट्टै कलेज निर्माणको पहल गर्ने प्रतिबद्धता गरेका छन् । मंगलबार वडा नम्बर १० र ११ को घरदैलो अभियानका क्रममा दुबै पदका उम्मेदवारहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् […]

सम्बन्धित