सदरलाइनडटकम,
बुटवल : सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बाईपासबाट श्रोत नखुलेको नगद ३८ लाख ९३ हजार १ सय नेपाली रुपैयाँ र नगद १ लाख २ हजार ५ सय भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत महाराजगंज नौतवना बस्ने २४ वर्षीय रितेशकुमार मधेशिया र २४ वर्षीय निरजकुमार अग्रहरि रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ वाई ७०४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त रकम बरामद गरेको हो ।
