भैलोको रकमबाट बाल केन्द्रलाई खाद्यान्न सहयोग

सदरलाइन संवाददाता ५ मंसिर २०८०, मंगलवार १३:१५
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं ५ विनौना स्थित जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रलाई चिल्ड्रेन प्याराडाइज इ मी स्कुलका शिक्षक र विद्यार्थीहरुले भैलो खेलेको रकमबाट आश्रमलाइ खाद्यान्न सहयोग गरेको छ ।

विद्यालयले १ बोरा चामल, १० किलो दाल, १० किलो आलु, ५ लिटर तेल, १० पोका नुन सहयोग संस्थाकी सञ्चालक तारा वलीले जानकारी दिइन् । उहाँहरुले भैलो रकमबाट सहयोग गर्नुभयो म निकै खुसी छु ! अझै सहयोग को अपेक्षा गर्छु वलीले भनिन् । त्यस्तै आश्रमलाई राप्तीसोनारी युवा संजालले २२ हजार सहयोग गरेको जानकारी दिइन् ।


संस्थाकी अध्यक्ष तारा वलीले सामाजिक क्षेत्रमा काम गर्न आफु कटिबद्ध भएर लागेको बताउदै संरक्षण केन्द्रलाइ प्रभावकारी ढंगले बढाउन आफु विचलित नहुने र सबैको सहयोग अपेक्षा गरेको बताइन् । केन्द्रमा हाल १२ जना असहाय बालबालिकाहरु रहेका छन् । केन्द्रमा रहेका बालबालिकाहरुको शिक्षा खाद्यान्न सरसफाइ लगायतका आवश्यक सामग्रीहरु सहयोग गरिदिन केन्द्रले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेको स्वयंसेवक टोली रुकुम पश्चिम प्रस्थान

५ मंसिर २०८०, मंगलवार १३:१५
नेपालगञ्ज : नेकपा एमाले बाँकेले भुकम्प प्रभावितको घर पुनर्निमार्णमा सहयोग गर्न स्वयंसेवक खटाएको छ । एमालेका नेता राम थापाको नेतृत्वमा २० जनाको टोली रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सहयोग गर्न मंगलवार विहान निस्केको छ । एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिका अनुसार नेपालगञ्जबाट गएको स्वयंसेवक टोलीले पुनर्निर्माणमा सहयोग गर्नेछ । स्वयंसेवक […]