बोक्सीको आरोपमा कटुपीट गर्ने तीन जना पक्राउ

सदरलाइन संवाददाता १४ श्रावण २०७८, बिहीबार १४:१३
 

रोल्पा : रोल्पामा बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ परेका छन् ।

रोल्पा नगरपालिका–४ लिबाङकी २६ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने सुनिलस्मृति गाउँपालिका–६ गजुलका धामी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई प्रहरीले पक्राउ गरेको हो ।


अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । पीडितको कोठामै गएर उनीहरुले कुटपिट गरेको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाले आफूमाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको भन्दै गएको सोमवार प्रहरीमा उजुरी दिएकी थिइन् । गएको ६ गते उनीहरुले ती महिलालाई कुटपिट गरेका थिए । कुटपिटबाट महिलाको अनुहारमा घाउ लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिलाको हत्या आरोपमा दुई नाबालिग पक्राउ

१४ श्रावण २०७८, बिहीबार १४:१३
रुकुम पश्चिम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना नाबालकलाई पक्राउ गरेको छ । बिहीवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर त्रिवेणी गाउँपालिका–४ का १५ र ११ वर्षका दुई जना नाबालकलाई प्रहरीले सार्वजनिक गरेको हो । गएको सोमवार राति […]