काँग्रेस बाँके क्षेत्रनं. १ द्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण

सदरलाइन संवाददाता ८ बैशाख २०८१, शनिबार १४:१४
 

नेपालगञ्ज : नेपाली कांग्रेस बांँके क्षेत्रनं १ द्वारा नयां वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम तथा भित्ते पात्रो लोकार्पण कार्यक्रम आयोजना गरिएको छ ।

क्षेत्रीय सभापति पोषण केसीको अभ्यक्षतामा सम्पन्न कार्यक्रमको ,प्रमुख अतिथि केन्द्रीय सदस्य डा गोपाल दहित रहेका थिए ।सो कार्यक्रममा कार्यबहाक सभापति तथा उपसभापति गोपाल अधिकारी, लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल, महासमिति सदस्यहरू पुर्ण आचार्य, द्रौपदी वली, लुटबहादुर केसी, महाधिबेशन प्रतिनिधि कृष्ण बहादुर बिक, पुर्व क्षेत्रीय सभापति माधवराम खत्री, कांग्रेस नेता हुर्मतकुमार न्यौपाने र राप्तीसोनारी गांउपालिका सभापति भिम बहादुर राणा लगायतले नयां बर्षको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए ।


सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताले आगामी निर्वाचनमा कांग्रेसले कसैसंग गठबन्धन नगरेर एक्लै निर्वाचन जित्ने गरी संगठन निर्माणमा जुट्नुपर्ने सुझाव दिएका थिए । उनिहरूले बिगतका सबै कुराहरू बिर्सेर सबै जना एकजुट भएर पार्टी संगठनमा लाग्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए । सो अवसरमा पार्टी क्षेत्रय समितिद्वारा प्रकाशित भित्रेपात्रो पनि लोकार्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिममा विकास बजेट कार्यान्वयनको अवस्था निरासाजनक

८ बैशाख २०८१, शनिबार १४:१४
कैलाली : सुदूरपश्चिम प्रदेशमा विकास बजेट कार्यान्वयनको अवस्था निरासाजनक अवस्थामा रहेको पाइएको छ । चालु आर्थिक वर्षको ९ महिना बित्दा सुदूरपश्चिम प्रदेश सरकारको विकास खर्च न्यून रहेको पाइएको हो । प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिएको तथ्यांक अनुसार चैतको मसान्तसम्म ७३ प्रतिसत विकास बजेट खर्च हुनै बाँकी रहेको छ […]