बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

सदरलाइन संवाददाता १२ पुष २०७९, मंगलवार १४:०१
 

नेपालगञ्ज : बझाङमा सोमवार राती ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

बझाङको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको ज्यान गएको हो । उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।


झोलुङ्गे पुलको सामान लिएर गएको ट्रयाक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७ औँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा हुने

१२ पुष २०७९, मंगलवार १४:०१
नेपालगञ्ज : ७औं राष्ट्रिय थारुसाहित्य सम्मेलन बाँकेको राप्ती सोनारी गाउँपालिका–६ सिधन्वामा हुने भएको छ । थारु लेखक संघ नेपालले थारु गोचाली समाज फत्तेपुर, बाँकेको सहकार्यमा आगामी माघ २०, २१ र २२ गते ३ दिने राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । यस बर्ष बाँकेमा राष्ट्रिय सम्मेलन हुने भएपछि साहित्यमा रुझान […]