नेपालगञ्ज : कोरोना संक्रमणबाट दाङका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मंगलवार बिहान मृत्युु भएको हो ।
उनको केही समय अगाडि मुटुको भल्भको अप्रेशन गरिएको थियो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि कार्तिक २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनको कोभिडको आशंकामा स्वाब परीक्षण गर्दा २७ गते कोरोना पुष्टि भएको थियो ।


त्यसपछि कार्तिक २७ गतेनै उनलाई भेरी अस्पतालमा लगिएको थियो । योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।