जुमा कपमाथि प्याब्सनको कब्जा

सदरलाइन संवाददाता २ चैत्र २०७७, सोमबार १६:३४
 

नेपालगञ्ज : नेपालगञ्जमा भएको जुमा कप फुटबलको फाइनल खेलमा प्याब्सन बिजयी भएको छ । सोमवार बिहान नेपालगञ्ज रंगशालामा भएको फाइनल खेलमा प्याब्सनले बजार प्रतिनिधिको टोलीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा प्याब्सनका आशिष गुरुङले २३ मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा बिजयी भएको प्याब्सनले १ लाख ५ हजार रुपैयाँ हात पारेको छ भने उपबिजेता बजार प्रतिनिधिको टोलीले ५१ हजारमै चित्त बुझाएको छ ।


फाइनलमा प्याब्सनका गोलकिपर तरुण बज्राचार्यले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

फाइनल खेल अघि आयोजक र पत्रकारबीच भएको मैत्रीपूर्ण खेलमा पत्रकार १–० गोल अन्तरले पराजित भएको थियो । प्रतियोगिता फागुन २७ गतेबाट शुरु भएको थियो ।

Next Post

विहारमा ग्यास सिलिन्डर विस्फोट, एकै परिवारका ५ को मृत्यु

२ चैत्र २०७७, सोमबार १६:३४
काठमाण्डौ : भारतको विहार राज्यस्थित किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका चार बालबालिकासहित पाँचको मृत्यु भएको छ । झापाको सीमासँग जोडिएको किशनगञ्ज जिल्लाको सलाम कोलोनीमा सोमबार बिहान स्थानीय स्वामी नूर बाबुको घरमा ग्यास सिलिन्डर विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिलिन्डर विस्फोटपछि घरमा आगलागी हुँदा घरधनी ४४ वर्षीय […]