तीन बालबालिकाको उद्धार गरि कोहलपुर ल्याइयो

सदरलाइन संवाददाता ११ श्रावण २०७८, सोमबार १४:४५
 

नेपालगञ्ज : पाँच महिनाअघि हराएका तीन बच्चालाई भारतमा फेला पारेर कोहलपुर ल्याइएको छ । कोहलपुर नगरपालिका–४ बेलनपुरका नौ वर्षीय रोशन बादी, सात वर्षीय विशाल बादी र पाँच वर्षीया पूजा बादी पाँच महिना अघि हराएका थिए ।

उनीहरु नेपालगञ्ज, भारतको रुपइडिहा हुँदै बरेली पुगेका थिए । सडकमा हिँडिरहेका बच्चालाई महिला विभाग, बरेलीको टोली फेला पारेर अनाथलयमा पठाइदिएको थियो । लकडाउनका बेलामा हराएका ती बच्चाको खोजीका लागि वडाध्यक्ष तिरथराम थारु बरेली पुग्नुभयो ।


रुपन्देहीको मानव कल्याण मित्र मञ्चको सहयोगमा वडाध्यक्ष थारुले बच्चालाई कोहलपुर लिएर आउन सफल भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा एक वर्षमा चार हजार युनिटभन्दा बढी रगत खपत

११ श्रावण २०७८, सोमबार १४:४५
दाङ : दाङमा एक वर्षमा चार हजार युनिटभन्दा रगत खपत भएको छ । घोराही, तुलसीपुर र लमहीमा रक्त सञ्चार केन्द्र सञ्चालनमा छन् । रक्त सञ्चार केन्द्र घोराहीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा चार हजार ४५ युनिट रगत खपत भएको छ । अघिल्लो आर्थिक वषम तीन हजार ८०० युनिट रगत खपत […]