पुर्वराजा बढि वोले दुख पाउछन् : प्रधानमन्त्री

९ पुष २०७३, शनिबार १०:५०
 

 


निशानदाजु भट्टराई/सदरलाइन  
९ पुस, घोराही : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको छानविन उच्चस्तरीय आयोग बनाएर छानविन गर्ने तयारीमा रहेको बताएका छन् । उनले पूर्वराजा बढी बोले दुख पाउने मेसो आफै निकालेको हुने बताए ।
प्रेस सेन्टर दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रधानमन्त्री प्रचण्डले पुर्व राजा ज्ञानेन्द्रले दिएको वक्तब्यलाई लक्षित गर्दै अव सरकारले दरवार हत्याकाण्डको छानविन गर्ने दावी गरे ।
वर्तमान समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गर्नेक्रममा सरकारका एकजना मन्त्रीले दरवार हत्याकाण्डको विषयमा छानविन गर्नुपर्ने भनेर चर्चा गरेको भन्दै उनले मन्त्रिपरिषदमा हत्याकाण्डको छानविन गर्नुपर्छ भनेर प्रस्ताव नआएको उल्लेख गरे ।
‘पुर्वराजाको वक्तब्य आएपछी हामिले मन्त्रिपरिषदमा राजनिीतिक घटनाक्रममको समीक्षा गर्नेक्रममा सरकारको एक जना मन्त्रीले त्यो कुराको चर्चा गरेका हुन छानविन गर्ने भनेर प्रस्ताव ल्याउनु भएको होइन’–उनले थप्दै भने–‘मैले सुरुमा प्रधानमन्त्री हुने वेला नै दरबार हत्याकाण्डको छानविन हुनुपर्छ भनेको हु, नारायणहिटिको सर्वसाधारणका लागि खुला गर्नेक्रममा जुन मैले अभिब्यक्ती दिएको थिए, त्यही अनुसार सरकारले यो हत्याकाण्डको पनि उच्चस्तरीय आयोग बनाएर छानविन गर्छ ।’
प्रधानमन्त्री प्रचण्डले पुर्व राजा ज्ञानेन्द्रले वक्तब्य निकालेर आफ्नो छटपटि प्रष्टरुपमा देखाएको भन्दै दलहरुको विवादमा खेलेर धमिलो पानिमा माछा मार्न खोजेको जिकिर पनि गरे । ज्ञानेन्द्रले संविधान, गणतन्त्र र संघियताका विरुद्ध बढि वोल्दै गए उनले दुख पाउनेसमेत चेतावानि दिए ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतभित्रै अख्तियारका निलम्वित प्रमुख लोकमानसिँह कार्किलाई कालोमोसो दल्नु राम्रो कार्य नभएको बताए । ‘सर्वोच्चभित्र नै लोकमान सिँह कार्किमाथि जुन घटना भयो, त्यो राम्रो कुरा होइन, यसो गर्नु हुदैनथ्यो–उनले भने–‘यस विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ, अदालतभित्रको सुरक्षा अवस्थामा कमजोरी देखिएको हो ।’
संविधान संसोधनलाई लिएर प्रतिपक्ष दलहरुले आन्दोलन गर्नुको कुनै अर्थ नरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले संसदिय पद्धतिवाट नै निकास निकाल्न सरकार तयार रहेको उनले बताए । प्रजातन्त्रका कुरा गर्ने काग्रेस र एमालेले सदनवाटै निकास निकाल्नुपर्ने भन्दै उनले भोलिदेखि संसद खुलाउन आफु काठमाण्डौ गएर प्रतिपक्ष दलहरुसंग छलफल, वार्ता सम्वाद गर्ने जानकारी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तरालको दशौ स्थापना दिवश सम्पन्न

९ पुष २०७३, शनिबार १०:५०
सदरलाइनडटकम ,   १० पुस, नेपालगन्ज : ईभेन्ट म्यानेजमेन्टको क्षेत्रमा क्रियाशिल अन्तरालले दशांै स्थापना दिवशको अवसरमा नेपालगन्ज विशेष कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा २ जनालाई ‘ स्पेशीयल अवार्ड ’ बाट सम्मानित गरिएको छ । अवार्डवाट सम्मानित हुनेहरुमा सञ्चार क्षेत्रवाट पत्रकार नरेन्द्र थापा र उर्जा क्षेत्रवाट सुरेन्द्र शाही रहेका […]

सम्बन्धित