नेपालगन्जमा महिला अधिकार सम्मेलन

२८ भाद्र २०७३, मंगलवार १३:३९
 

सदरलाइनडटकम, unnamed (4)
२८ भदौ, नेपालगन्ज : समानता, न्याय र समृद्धिका लागि सक्षम महिला नेतत्व भन्ने मूल नाराका साथ नेपालगन्जमा मंगलबारबाट क्षेत्रीय महिला अधिकार सम्मेलन सुरु भएको छ । पश्चिम नेपालका महिला अधिकारकर्मी तथ समाजिक अगुवाहरुको सहभागिता रहेको भेलाले बुधबारसम्म महिला अधिकार कार्यान्वयनका चुनौती र महिला नेतृत्वको बारेमा छलफलका लागि सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
एक्सनएड नेपाल र महिला अधिकार मञ्चको आयोजनामा शुरु भएको सम्मेलनमा महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि नीति नियमको प्रभावकारीता र भावी कार्यदिशाबारे छलफल हुने कार्यक्रम रहेको छ । सम्मेलनमा नवलपरासीदेखि बैतडीसम्मका १४ वटा जिल्लाबाट ९४ जनाको सहभागिता रहेको छ ।
unnamed (3)  सम्मेलनको उद्घाटन गर्दे पूर्व सभासद तथा अधिकारकर्मी शान्ता चौधरीले समाजमा महिलाको समानताको अवस्था निर्माण गर्नका लागि राज्यलाई जिम्मेवार बनाएर अघि बढ्नुपर्नेमा जोड दिईन । सम्मेलनको उद्घाटन सत्रमा महिला तथा बालबालिका कार्यालयका महिला विकास निरीक्षक बिन्दु कुँवर, राष्ट्रिय महिला अधिकार मञ्चकी अध्यक्ष पुष्पा केसी, एक्सनएड नेपालका कार्यसमिति सदस्य एकराज चौधरीले असमान शक्ति संरचनाको परिवर्तनका लागि महिला नेतृत्वको आवश्यकताको आवश्यकता औल्याएका थिए ।
सम्मेलनको पहिलो दिन स्थानीय तहमा महिला नेतृत्व सम्भावना, चुनौती र आवश्यक तयारीका सम्बन्धमा पूर्व सभासद शान्ता चौधरीले कार्यपत्र प्रस्तुत गरिन । यसैगरी सामुदायिक संस्थाहरुमा महिला नेतृत्व र प्रभाव विषयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक ललितजंग शाहीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

unnamed (1)यसैगरी पश्चिम क्षेत्रमा महिला हिंसाको स्वरुप, अवस्था र निराकरणको उपायका बारेमा छलफल भयो । छलफलमा सहभागि बाँकेका प्रहरी नायव उपरिक्षक सरोज पौडेल, महिला तथा बालबालिका कार्यालयकी बिन्दु कुँवर, अन्तरपार्टी महिला संजालकी विजया धिताल, राष्ट्रिय महिला अधिकार मंचकी अध्यक्ष पुष्पा केसी र अधिकारकर्मी प्रकाश उपाध्यायले महिला हिंसा अन्त्यका लागि सामुहिक प्रयास हुनु पर्ने कुरा औल्याए ।
सम्मेलनको दोस्रो दिन पूर्व सभासद मोहम्मदी सिद्दिकीले सामाजिक आन्दोलनमा महिला नेतृत्व र एक्सनएडका दिनेश गुरुंगले विपद् व्यवस्थापनमा महिला नेतृत्व विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको उद्घाटनमा कार्यक्रमको उद्देश्यबारे एक्सनएड नेपालका पश्चिमाञ्चल श्रोत केन्द्रका संयोजक सरोज पोखरेल र राष्ट्रिय महिला अधिकार मञ्चकी पूर्व महासचिब रुवी खानले मन्तव्य राखेका थिए ।


unnamed

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रस्तावित चार तारे होटल ‘कृष्णा’ सञ्चालनमा

२८ भाद्र २०७३, मंगलवार १३:३९
५० करोड लगानी, सय जनालाई प्रत्यक्ष रोजगारी सदरलाइनडटकम  १ असोज, नेपालगन्ज : नेपालगन्जमा प्रस्तावित चार तारे होटल ‘कृष्णा’ गत बिहीबारदेखि सञ्चालनमा आएको छ । रु ५० करोड लगानीमा निर्माण भएको सो होटलमा यस क्षेत्रकै अत्याधुनिक सुविधाहरु रहेको होटल भएको सञ्चालकले दावी गरेका छन् । नेपालगन्जको सुर्खेतरोडमा रहेको होटलमा औषधी बिक्रेता […]