बैजनाथ (बाँके) : बाँकेको वैजनाथ गाँउपालिका नागरिक जसले विभिन्न कारणले नागरिकता प्राप्त गर्न नसकेको छैन उनीहरुलाई नागरिकता उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता गरिएको छ । बैजनाथ गाँउपालिकाको आयोजना तथा बास नेपाल नेपालगञ्जको सहजिकरणमा सम्पन्नसार्वजनिक सुनुवाई कार्यक्रममा सो प्रतिबद्धता गरिएको हो ।
सुुनुवाईमा सरोकारवालाको रुपमा आसिन गाँउपालिका पदाधिकारी तथा कर्मचारी र सहभागिहरु बिच भएको दोहोरो प्रश्नोत्तर पश्चात गरिएका प्रतिबद्धताहरुमा वैजनाथ वडा नम्बर ५ र ६ जोड्ने पुल निर्माणका लागि पहल गर्ने, वडा नम्बर ६ मा रहेको खानेपानी ट्याकी सञ्चालन तथा संरक्षणका लागि पहल गर्ने, पालिकाद्धारा गरिने बजार अनुगमन प्रभावकारि नभएको कुरालाई स्विकार गर्दै अनुगमन प्रभावकारी बनाउने र बजार अनुगमन सम्बन्धि प्रष्ट निति बनाई अघि बढाईनेभएको छ ।
यसैगरी वडा नम्बर ६ र ८ मा रहेको दोन्द्रानालामा चालु आर्थिक बर्षमा पुल निर्माण गर्न पहल गर्ने, गाँउपालिकाका दृष्टिविहिन हिरा बुढा लगायतलाई बासको व्यवस्था मिलाउन पहल गर्ने, वैजनाथ वडा नम्बर २ जब्दहवाको सडक मर्मत सम्हार गर्ने, वडा नम्बर ५ को उद्धवको घर देखि सिंह भवानीको घर सम्मको बाटो निर्माण गर्ने, वडा नम्बर ३ मा आवश्यक पर्ने पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
सार्वजनिक प्रतिबद्धताहरुलाई कार्यक्रमका सरोकारवाला र सहभागिले तालि बजाएर अनुमनेदन गरेका थिए । जारी गरिएका प्रतिबद्धतामा गाँउपालिका अध्यक्ष मानबहादुर रुचाल, निमित्त प्रमुख प्रशासकिय अधिकृत तप्तराज आचार्य, वडा नम्बर १ का अध्यक्ष रुपबहादुर मल्ल, २ का अध्यक्ष प्रेमबहादुर थापा, वडा नम्बर ३ का अध्यक्ष रामचरण थारु, वडा नम्बर ४ का अध्यक्ष कालिबहादुर सिंह, वडा नम्बर ५ का अध्यक्ष मनबहादुर खत्री, वडा नम्बर ६ का अध्यक्ष भद्रबहादुर बस्नेत, वडा नम्बर ७ का अध्यक्ष सिताराम थारु लगायत कार्यपालिका सदस्य र शाखा प्रमुखहरुले गरेका थिए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा गाँउपालिकाले आर्थिक बर्ष २०७७÷०७८ मा गरेका क्रियाकलाप तथा मुख्य उपलब्धीका बारेमा प्रमुख जवाफदेहि बक्ता गाँउपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी गराएका थिए । सो क्रममा अध्यक्ष रुचालले सार्वजनिक सुनुवाईले सेवा प्रदायक निकाय र सेवाग्राही विचको सम्बन्धलाई थप उर्जा दिने बताएका थिए । गाउँपालिकाले मुस्कान सहितको सेवा प्रदान गरिरहेको बताए । उनले दशैसम्म भूमिहिन सुकुम्बासिलाई लालपुर्जा वितरण गर्ने अभियानमा गाउँपालिका रहेको बताएका थिए ।
बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले स्वागत गरेको सुनुवाईमा नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्रको नतिजा घोषणा बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले गरेका थिए । सुनुवाईमा २०० बढी स्थानीयहरुको सहभागिता रहेको थियो बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।