भेरी अस्पतालमा जोर्नी प्रत्यारोपण सेवा शुरु

सदरलाइन संवाददाता १७ जेष्ठ २०७९, मंगलवार १४:०३
 

नेपालगञ्ज : भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा शुरु भएको छ । एकपछि अर्को विशिष्टिकृत सेवा थप्दै गएको अस्पतालले जोर्नी प्रत्यारोपण सेवा पनि शुरु गरेको हो ।

बाँकेको खजुरा गाउँपालिकाका ४५ वर्षीय पुरुषको बायाँतिरको हिपको पूर्ण प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेर जोर्नी प्रत्यारोपण सेवा शुरु गरिएको अस्पतालका अर्थोपेडिक सर्जन डा. प्रकाश थापाले जानकारी दिए । मंगलवार विहान ८ बजेदेखि १० बजेसम्म करिव दुई घण्टा लगाएर शल्यक्रिया गरिएको डा. थापाले बताए । उनका अनुसार अस्पतालमा यस खालको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो ।


अस्पतालको अर्थोपेडिक विभागका प्रमुख डा. तिर्थेन्द्र खड्काको नेतृत्वमा डा. ऋषि विष्ट, डा. प्रकाश थापा, डा. राहुल मिश्र, एनेस्थेसियोलोजिष्ट डा. पारश पाण्डे लगायतको टीम शल्यक्रियामा संलग्न थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नापी कार्यालय भैरहवाका अमिन घुस सहित पक्राउ

१७ जेष्ठ २०७९, मंगलवार १४:०३
नेपालगञ्ज : नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी ३० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो । सिनपा–१२ स्थित जग्गाको हालसाविकका लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना […]