भेरी अस्पतालले भोली वार्षिकोत्सव मनाउँदै

सदरलाइन संवाददाता ११ श्रावण २०७८, सोमबार १४:०९
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालले स्थापनाको १३१ वर्षपछि पहिलो पटक औपचारिक कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव मनाउँदैछ ।

मंगलवार विहान १० बजे स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले वार्षिकउत्सवको उदघाटन गर्ने कार्यक्रम रहेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

दिवसका अवसरमा स्थानीय सबै राजनीतिक दलका शिर्षतहका नेताहरुलाई कार्यक्रमको निम्ता बाँडिएको उनले बताए । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालले वार्षिकोत्सवका अवसरमा अस्पतालमा लामो समयदेखि काम गर्ने कर्मचारीलाई सम्मान गर्ने भएको छ ।


दिवसकै अवसरमा भएका आन्तरिक खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई समेत सम्मान र मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको सदस्य श्रेष्ठले बताए ।

भेरी अस्पताल वि.सं. १९४७ मा स्थापना भएको थियो । वार्षिकोत्सवको सम्पूर्ण तयारी पूरा भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन बालबालिकाको उद्धार गरि कोहलपुर ल्याइयो

११ श्रावण २०७८, सोमबार १४:०९
नेपालगञ्ज : पाँच महिनाअघि हराएका तीन बच्चालाई भारतमा फेला पारेर कोहलपुर ल्याइएको छ । कोहलपुर नगरपालिका–४ बेलनपुरका नौ वर्षीय रोशन बादी, सात वर्षीय विशाल बादी र पाँच वर्षीया पूजा बादी पाँच महिना अघि हराएका थिए । उनीहरु नेपालगञ्ज, भारतको रुपइडिहा हुँदै बरेली पुगेका थिए । सडकमा हिँडिरहेका बच्चालाई महिला विभाग, […]