दङ्गाली युवक एलेक्सले टोकियो ओलम्पिकमा पौडिको १०० मिटर ईभेन्टमा प्रतिश्पर्दा गर्दै

सदरलाइन संवाददाता ९ श्रावण २०७८, शनिबार १४:३१
 


दाङ्ग : जापानको टोकियोमा सुरु भएको ३२औं गृष्मकालीन ओलम्पिकमा नेपाली झण्डा बोक्न पाउने एलेक्सजेण्डर शाह (एलेक्स) दंगाली युवक हुन भन्दा सायदै धेरैलाई थाहा नहुन सक्छ । तर, यो सत्य हो । एलेक्स दाङ्गका प्रतिष्ठित व्यवसायि घरानाका साथै पुराना राजनीतिज्ञ रणबहादुर शाहका नाती तथा सञ्जय शाहका छोरा हुन ।

शुक्रबार सुरु भएको सो ओलम्पिकको औपचारिक उद्घाटन सत्रको मार्चपासमा नेपालको राष्ट्रिय झण्डा पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले नै बोकेका थिए । यस पटक ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

लिंकन स्कूल, काठमाडौंबाट हाईस्कूल पुरा गरेका १८ वर्षिय एलेक्सले फोर्डहम विश्वविद्यालयमा एनसीएएमा पौडीे प्रभाग–१, एनवाईसीमा अध्ययनरत रहेका छन । उनी पौंडी फ्रीस्टाइलमा स्प्रिन्टर, ५० र १०० मिटर मुख्य ईभेन्टका सहभागि हुन ।


उनले ५०, १००, र २०० मिटर फ्रीस्टाइल, साथ साथै ५० र १०० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय रेकर्ड होल्ड गरि सकेका छन । भने टोकियो ओलम्पिकमा उनी १०० मिटर फ्री स्टाइल ईभेन्टसमा पौडने छन ।

उनले १४ वर्षको उमेरमा नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय ईभेन्ट सन २०१७ मा जुनियर वर्ल्ड चैम्पियनशिपमा सहभागि भई, राष्ट्रिय रेकर्ड तोडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वाइडबडी जहाजमार्फत् मलेसियाबाट ल्याइयो २४ शव

९ श्रावण २०७८, शनिबार १४:३१
काठमाण्डौ  : बैदेशिक रोजगारमा मलेसिया पुगेर ज्यान गुाएका २४ जना नेपालीको शव राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेसियाबाट नेपाल ल्याएको छ । निगमको वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ शव र तीन अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न […]

ताजा अपडेट