एन्फा प्रेसिडेन्ट लिग–२०७७

सुदूरपश्चिमको स्टारसिटी विजयी

सदरलाइन संवाददाता ४ चैत्र २०७७, बुधबार १९:३२
 


नेपालगञ्ज  :  नेपालगञ्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग–२०७७ को बुधबारको खेलमा सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले सैनिक युथ क्लबलाई २–१ ले पराजित गरेको छ । यो जितसंगै एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा स्टार सिटीको लगातार दोस्रो जित हासिल गरेको हो ।

बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई २–१ ले पराजित गर्दै आफ्नो पक्षमा जीत दर्ज गराएको हो ।

स्टारसिटीको तर्फबाट कुलदिप कार्कीले पेनाल्टी मार्फत ३८ मिनेट र रुपबहादुर लामाले गोल गरेका थिए । सैनिकका जीवन गुरुङले ४० मिनेटमा गोल गरेको भए पनि टिमलाई पराजयबाट जोगाउन सकेनन । खेलमा म्यान अफ द म्याच सैनिका गोलकिपर एवम कप्तान किशोर गिरी घोषित भए ।

सुदूरपश्चिमको स्टार सिटीले दुइ खेल जित्दै ६ अंक जोडन सफल भएको छ । स्टारले पहिलो खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले हराएको थियो । बुधबार एक खेलमात्रै भएको थियो ।

Next Post

नेपालगञ्जले पायो ठूलो पर्दामा खेल्ने अवसर

४ चैत्र २०७७, बुधबार १९:३२
नेपालगञ्ज : मेरो प्लानेटले आफ्नो औपचारिक उदघाटनका अवसरमा ‘युत्सव ट्यालेन्ट फेस्टिभल’को आयोजन गरि नेपालगञ्जका युवा कलाकारहरूलाई ठूलो पर्दामा खेल्ने अवसर जुराएको छ । फिल्म निर्देशक शोभित बस्नेतले नेपालगञ्जका कलाकार जास्मिन थापा, काजल शाही, प्रांजल गुप्ता, किशोर हमाल र अर्जुन कार्कीलाई आफ्नो आउने नया फिल्ममा खेल्ने अवसर प्रदान गरेका हुन् । […]