सदरलाइनडटकम,
नेपालगञ्ज : देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४६३ जना संक्रमित थपिएका छन् । जनसंख्या मन्त्रालयले जनाए अनुसार आइतवार थपिनेमा १०५ जना महिला र ३५८ पुरुष छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ ।
