औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जाँदै

सदरलाइन संवाददाता १० फाल्गुन २०७७, सोमबार ०८:०६
 

कञ्चनपुर : बेदकोट नगरपालिका २ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न सोमवार प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर जाँदैछन् ।

प्रधानमन्त्री ओली आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ । पूर्वपश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँठाउँमा सुरक्षा जाँचसँगै गस्ती बढाएका छन् । प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत सोमवार दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन् ।


नेकपाका केन्द्रीय सदस्य कृपाराम रानाका अनुसार धनगढीबाट प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो १ बजे शिलान्यास हुने कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रमस्थल नजिकै विद्यालयको मैदानमा हेलिकोप्टर अवतरण गर्न अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको छ ।

Next Post

विवादास्पद सीमा क्षेत्रबाट सैनिक फिर्ता बोलाउन भारत र चीन सहमत

१० फाल्गुन २०७७, सोमबार ०८:०६
काठमाण्डौ : भारत र चीनले विवादास्पद हिमालयन सीमाबाट आफ्ना सेना फिर्ता बोलाउन सहमत भएका छन् । दुवै राष्ट्रका उच्च सैनिक अधिकारीहरुले आ–आफ्नो क्षेत्रबाट सीमामा खटाइएको सैनिक फौज फिर्ता बोलाउने सहमति भएको बीबीसीले जनाएको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार दुवै देशका सैनिक अधिकारीहरुले पाङगोङ त्सो तालबाट सुरक्षाकर्मी […]