पोखरीमा डुबेर गोडियाको मत्यु

२६ जेष्ठ २०७७, सोमबार २१:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका–३ मा रहेको इट्टा भट्टाको पोखरीमा डुवेर एक युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता तथा मुद्दाफाँट ईन्चार्ज प्रहरी निरिक्षक हृदेश सापकोटाले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीका २२ वर्षिय बिष्णु गोडिया पोखरीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतक गोडिया आफ्ना दुई साथीहरू संँग दिउँसो पौडी खेल्न गएका बेला ३ बजेतिर डुवेका थिए ।  उनको शव भने राती ८ बजेतिर मात्र फेला परेको थियो ।

मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाईएको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए ।

Next Post

विरामीमा कोरोना देखिएपछि कोहलपुर अस्पताल शील

२६ जेष्ठ २०७७, सोमबार २१:३९
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल क्षेत्र सिल गरीएको छ । सोमबार अछामबाट उपचारकालागि कोहलपुर ल्याईएकी एक महिलामा कोरोना संक्रमण देखिएको हो । आन्द्रामा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत उपचारकालागि कोहलपुर ल्याईएको थियो ।कोहलपुर मेडिकल कलेजमा उपचार गराईरहेकी ति महिलाको कोरोना परिक्षण गर्दा संक्रमण […]