किस्मतलाई ब्रम्हचारी बाबाको आशिर्बाद

सदरलाइन संवाददाता ७ कार्तिक २०७९, सोमबार १४:३४
 

नेपालगञ्ज : बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार किस्मतकुमार कक्षपतिलाई डलईपुरका बाबाले आशिर्वाद दिएका छन् । सोमवार चुनावी प्रचारप्रसार अभियान कै क्रममा प्रतिनिधि सभाका उम्मेद्वार किस्मतलाई ब्रम्हचारी बाबा मजाकी दाशले आशिर्बाद दिएका हुन् ।

खजुरा गाउँपालिकाको वडा नं. ५ स्थित बसन्तपुर, डलईपुर र उढरापुरमा गरिएको घरदैलो कार्यक्रमका विच किस्मतलाई बाबाले आशिर्वाद दिई जितको शुभकामना दिएका थिए ।

घरदैलो कार्यक्रममा स्थानियले प्रतिनिधि सभाका उम्मेदवार कक्षपतिलाई जिताउनु नै विकासको बाटो खुल्नु भएको धारणा राखेका थिए । कक्षपति आफैमा विकास प्रेमी भएको कारण जित भैसकेको छ अव मंसिर ४ मा माला लगाएर विजयी जुलुस मात्र निकाल्न बाँकी रहेको स्थानिय छेतनलाल साहुले बताए ।


खजुरा, बैजनाथ र जानकीलाई समृद्ध बनाउन नेकपा एमालेले मात्र गर्न सक्ने स्थानियले बताएका छन् ।

जनताको घरदैलो कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार कक्षपतिले सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिप्रायका साथ बाँके क्षेत्र नं. ३ लाई विकासोन्मुख बनाउन मेरो उम्मेदवारी रहेको बताए । आफु जन्मे हुर्केको ठाउँमा विकास गर्न कुनै कसर बाँकी नराख्ने उनले धारणा राखे ।

बाँके क्षेत्र नं. ३ को लागि कृषि, शिक्षा, सडक, स्वास्थ्यमा कायापलट गर्ने गरि विकासको काम गरेर देखाउने उनले स्थानीयसंग प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा धान थ्रेशरमा परेर एक महिलाको मृत्यु

७ कार्तिक २०७९, सोमबार १४:३४
कैलाली : कैलालीको कैलारी गाउँपालिकामा धान थ्रेसिङ्ग गर्ने क्रममा थ्रेसरमा पटुकी फसेर एक महिलाको ज्यान गएको छ । सोमवार विहान खेतमा धान थ्रेसिङ्ग गर्ने क्रममा कैलारी गाउँपालिका–३ भररीका ४५ वर्षकी बीना चौधरीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खेतमा धान थ्रेसिङ्ग गर्ने क्रममा चौधरीले टाउकोमा बेरेको पटुकी थ्रेसरमा फसेको […]

सम्बन्धित