नेपाल खेलकुद महासंघ बाँकेले पुष्पलाल स्मृतीमा दौड गर्दै 

सदरलाइन संवाददाता १३ श्रावण २०८१, आईतवार २०:०४
 
नेपालगञ्ज : नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ बाँकेले ४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा साउन १४ गते खजुराको सिगाउँमा अन्तर मावि महिला तथा पुरुष पान्ध्रसाय मिटर दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बाँके जिल्लाका करिब २५ विद्यालयको सहभागिता रहने यस प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले ३ हजार, द्वितिय स्थान प्राप्त गर्नेले २ हजार तृतीय स्थान प्राप्त गर्नेले हजारका साथै प्रमाण पत्र र मेडलहरु प्राप्त गर्ने छन् । र साथै सहभागी सम्पूर्णलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष होमबहादुर सुनारले जानकारी दिए ।
यस सम्पूर्ण प्रतियोगिता अवधिका लागि स्वास्थ्य र सुरक्षाको सम्पूर्ण तयारी पुरा गरी खेल प्राविधिक सहित तयारी सम्पन्न भएको छ । सिगाउँ स्थित अमर माविबाट सुरु हुने प्रतियोगिता साहुपुरचोक परिक्रमा गरि पुनः अमर मावि आई टुंगिनेछ ।
यस प्रतियोगितामा हामीले अन्दाजी पचास हजार खर्च हुने आयोजकले जनाएको छ । सो रकम कमिटीका सदस्यहरुका साथै सहयोगीहरुको सहयोगद्वारा पुरा गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ७० प्रतिशत रोपाई सम्पन्न, प्रयाप्त वर्षात नहुँदा रोपेको धान खेतमै सुक्दै

१३ श्रावण २०८१, आईतवार २०:०४
नेपालगञ्ज : बाँकेमा आकाशे पानीको भर पर्दा साउनको दोस्रो साता सकिन लाग्दा पनि हालसम्म धान खेती हुने भू–भाग मध्ये ७० प्रतिशतमा रोपाइँ सकिएको छ । रोपाइँका लागि सिचाईको सुविधा नभएको कारण रोपेको खेतमा समेत सुकेर धाँजा फाटेको छ । साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा सिचाईको सुविधा […]