सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता १५ आश्विन २०७९, शनिबार १३:०४
 

नेपालगञ्ज : सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

सल्यानको कुमाख गाउँपालिका ७ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप जिमालीमा दुर्घटना भएको हो ।


ज्यानमा गुमाउनेमा १४ वर्षीया एनका पुन र ३९ वर्षीय मानबहादुर पुन रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चाडपर्व लक्षित बाँके प्रहरीको सुरक्षा योजना लागु

१५ आश्विन २०७९, शनिबार १३:०४
नेपालगञ्ज : चाडपर्वलाई लक्षित गरेर बाँकेमा विशेष सुरक्षा योजना लागु गरिएको छ । चाडपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना लागु गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले सुरक्षालाई ध्यान राखेर थप प्रहरी परिचालन गरिएको जानकारी दिए । […]