नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाका दुईवटा प्रयोगशालामा १०८ नमुना परीक्षण गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा ७७ नमुना परीक्षण गर्दा ७ र मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३१ नमुना परीक्षण गर्दा ५ गरी १२ जना नयाँ संक्रमित थपिएका हुन् ।


तीमध्ये बाँकेका मात्रै ३ जना रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । पछिल्लो २४ घण्टामा १० जना डिस्चार्ज भएका छन् ।