कोरोनाबाट बर्दियाका पुरुषको भेरीमा मृत्यु

सदरलाइन संवाददाता ५ श्रावण २०७८, मंगलवार १३:०२
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बर्दियाको बारबर्दिया नगरपालिका ४ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।


असार २३ गते कोरोना पुष्टि भएपछि त्यसै दिन अस्पताल भर्ना भएका उनको आज विहान सवा ८ बजे मृत्यु भएको हो ।

यो संगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ७४ जना र बाँकेका ३२१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माडी नदीमा बगेर दुई बालिका बेपत्ता

५ श्रावण २०७८, मंगलवार १३:०२
प्युठान : प्युठानको माडी नदीमा बगेर दुईजना बालिका बेपत्ता भएका छन् । नदीको किनारमा बाख्रा गएका उनीहरुलाई पौडी खेल्ने क्रममा नदीले बगाएको हो । बेपत्ता हुनेमा झरेका सरुमारानी गाउँपालिका–४ का बोमबहादुर थापाकी छोरी आठ वर्षीया विपना र नुमबहादुर थापाकी छोरी सात वर्षीया सर्मिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी […]