सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा मंगलवार थप २ सय ४ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।
त्यस्तै २४ घण्टामा ६ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । योसहित ७ हजार ४ सय ९९ जना निको भइ घर फर्किएका छन् ।
