बाँकेको कुशुम क्षेत्रमा ३२ वर्षपछि विद्युत पुग्यो

२३ आश्विन २०७५, मंगलवार १८:१४
 

सदरलाइन / रुद्र सुवेदी
राप्तीसोनारी (बाँके) : बाँकेको कुशुम क्षेत्रमा मंगलबारदेखि विद्युत पुगेको छ । उर्जा जलस्रोेत तथा सिँचाई मन्त्री बर्षमान पुनले मंगलबार बाँकेको राप्ती सोनारी–१ कुशुम बैरियामा निर्माण भएको अत्तरिया ग्रिड शाखा अन्र्तगत कुशुम सबस्टेसन १३२/११ केभीएको उद्घाटन गरेपछी सो क्षेत्रमा विद्युत पुगेको हो ।
झण्डै ३२ वर्ष अघि आफ्नै घरको आँगनबाट राष्ट्रिय प्रशारणको लाईन गएको भएपनि लामो समयको अन्तरालपछि ठूलो संघर्षको कारण कुशुमबासीले विद्युत बाल्ने सपना साकार पारेका हुन । मन्त्री पुनले उद्दघाटन गरेर राप्तीसोनारी वडा नं. १ का राप्ती वारीका केही गाउमात्रले उपभोग गर्न पाउने भएका हुन ।
मन्त्री पुनले आउने दुई महिना भित्र बाँकेको सबै गाउँपालिकामा विद्युतिकरण गर्नको लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । उनले केही सरकारी नीतिका कारण बाधा अड्चन भएको कारण विकास योेजनाका कामहरु ढिलो हुने गरेको प्रसंग कोट्टयाउदै भने–‘ अब समयमा काम सुरु हुने र समयमै नतिजा आउने गरी काम सम्पन्न हुने गरी काम थाल्न निर्देशन दिएको छु । काम लिने र होल्ड गरेर राख्नेलाई पहिचान गरी करवाहीको दायरामा ल्याईने छ ।’
मन्त्री पुनले निर्माण व्यवसायिको कारण विकास निर्माणका योजनाहरु निर्धारित समयमा नहुने गरेको आरोप लगाउदै भने–‘ उर्जा मन्त्रालय अन्तरगतको ७४ वटा सवस्टेशन निर्माण गर्ने टेण्डरको काम १ जनाले मात्रै लिएर काम होल्ड गरेको पाईएकोले त्यस्तो काम लिएर काम समयमा नगर्ने नियत भएका निर्माण व्यावसायीको टेण्डर नै रद्द गरेर समयमा काम सम्मपन्न हुने गरी प्रकृया अघि बढाउन सुरु गरिएको छ ।’
उनले बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा विद्युतिकरण हुन नसकेको कारण आफुलाई जानकारी भएको र चाँडो भन्दा चाँडो त्यहा विद्युत पुर्याउनको लागि गरिनु पर्ने प्रकृया पुरा गर्नको लागि आफुले सम्बन्धित निकायलाई निर्देशन समेत दिएको बताए ।
विद्युत प्राधिकारणका कार्यकारी अध्यक्ष कुलमान घिसिङ्गले जनताको लगानी भएको कुसुम ग्रामिण सामुदायिक विद्युत सहकारी संस्था लिमिटेड मार्फत सञ्चालन गरिएको विद्युतिकरण आयोजना अन्तरगत आगामि दुई महिना भित्रै सबैले विद्युत उपयोग गर्न पाउने गरी काम हुने प्रतिबद्धता जनाए ।
कुसुम ग्रामिण सामुदायिक विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष तेजबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न उद्दघाटन शत्रमा स्वागत संस्थाका कोषाध्यक्ष गेहेन्द्रकुमार खड्काले गरेको कार्यक्रम माथि प्रकाश नेपाल पत्रकार महासंघका पूर्व महासचिव समेत रहेका स्थानीय पोषण केसीले गरेका थिए । कार्यक्रममा संघिय सांसद तथा पूर्व सभामुख ओनसरी घर्ती, महेश्वर गहतराज, कृष्णा केसी नमूना, नेकपाका नेता दिनेश चन्द्र यादव, उर्जा सचिवलगायतको सहभागिता रहेको थियो ।


 

Next Post

हिन्दुहरुको महान चाड बडा दशैं बुधवारदेखि शुरु

२३ आश्विन २०७५, मंगलवार १८:१४
सदरलाइनडटकम, नेपालगञ्ज : हिन्दुहरुको महान चाड बडा दशैं बुधवारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि मनाइने हिन्दु धर्मावलम्बीहरुको महान् चाड बडा दशैं घरघरमा जमरा राखी शुरु भएको हो । बडा दशैंको पहिलो दिन बुधवार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । बुधवार दशैं घरमा […]