खैरो हिरोइनसहित बाँकेका दुईजना पक्राउ

सदरलाइन संवाददाता २ श्रावण २०७८, शनिबार ११:४८
 

दाङ : दाङमा ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–३ का ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका ३ मुक्तिनगरका ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

बाँकेबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइन बिक्री वितरणका लागि दाङतर्फ ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटेको प्रहरी टोलीले लमही नगरपालिका ९ तल्लो अमिलिया चोकबाट बिहीबार दिउँसो करिब साढे ४ बजेतिर उनीहरूलाई १ सय १० ग्राम लागुऔषध हिरोइनसहित पक्राउ गरेको हो ।


घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्य योगी २०७१ कार्तिक २३ मा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट २० ग्राम ६ सय २० मिली ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ परी ६ वर्ष कैद सजाय भुक्तान गरी कारागार मुक्त भएका थिए ।

यस्तै दर्जी २०७० मंसिर १६ मा जिल्ला प्रहरी कार्यालय बाँकेबाट डाँका चोरी कसुरमा २ वर्ष कैद भुक्तान गरी कारागारबाट मुक्त भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एघार जनामा कोरोना पुष्टि

२ श्रावण २०७८, शनिबार ११:४८
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ११९ वटा नमुना परीक्षण गर्दा ११ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६० नमुना परीक्षण गर्दा ७, मेडिकल कलेज कोहलपुरमा ३५ नमुना परीक्षण गर्दा ३ र बागेश्वरी […]