जनस्वास्थ्यका मापदण्ड पालना गर्न बाँके प्रशासनको आग्रह

सदरलाइन संवाददाता १६ असार २०७८, बुधबार १६:४९
 

नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

दोस्रो लहरको भाइरस संक्रमणको जोखिम नटरेको र तेस्रो लहरको संक्रमणको जोखिम झन खतरनाक हुने आंकलनलाई मध्यनजर गरेर स्वास्थ्य मापदण्ड पालना पूर्णरुपमा गर्न गराउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।


बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा बुधवार जारी विज्ञप्तीमा भनिएको छ–‘भारतसँग खुला सीमाना जोडिएको जिल्ला भएकाले त्यहाँको प्रभाव बाँके जिल्लामा पनि पर्न सक्ने सम्भावनालाई गम्भीरतापूर्वक लिइ सो सम्भावित जोखिमको रोकथाम र नियन्त्रणका लागि सार्वजनिक स्थलमा भिडभाड नगर्न, घर बाहिर निस्कदा तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य मास्क, सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम राख्न अनुरोध गरिन्छ ।’

अन्यथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही हुने चेतावनी समेत स्थानीय प्रशासनले दिएको छ । बाँकेमा हालसम्म करिव १७ हजार पाँचसय व्यक्ति संक्रमित भइसकेका छन् भने ६ सय ७१ जनाको मृत्यु भएको प्रशासनले सूचनामा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ मा वडा भेला सम्पन्न

१६ असार २०७८, बुधबार १६:४९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ को वडा भेला सम्पन्न भएको छ । वडा भेलामा आर्थिक वर्ष २०७८/०७९ को बजेटमा योजना छनौट सहितका छलफलहरु भएको कार्यवाहक अध्यक्ष रमेश प्रसाद तिमिल्सिनाले जानकारी दिए । सो भेलामा करिव ९७ लाख ७९ हजार बजेट सिलिङ पाएकाले बजेटको सिमितता भित्र योजना बनाउनुपर्ने बाध्यता […]