माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्नेलाई स्वागत

सदरलाइन संवाददाता १ श्रावण २०७८, शुक्रबार १५:३२
 


नेपालगञ्ज : बाँके राप्तिसोनारी र नरैनापुरबाट माओवादी केन्द्र बाँकेका जिल्ला कमिटी कोषाध्यक्ष पर्शुनारायण थारु ‘विराट’को नेतृत्वमा डेढसय एमाले प्रवेश गरेका छन ।

एमाले बाँकेका अध्यक्ष सुर्य ढकालका अनुसार ‘विराट’को नेतृत्वमा नरैनापुर र राप्तीसोनारीका १ सय ५० जनालाई एमाले केन्द्रीय सदस्य तथा सहईन्चार्ज मो. हारुण हल्वाई, संविधान सभा सदस्य देवराज भारलगायतका एमाले नेताहरुले नव प्रवेशीलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका थिए ।


सो अवसरमा सुकुम्बासी समस्या समाधान आयोगका पूर्व अध्यक्ष सन्तोष बस्नेत, प्रदेश कमिटी सदस्य पुजन बिक, एमाले क्षेत्रनं. १ का अध्यक्ष बलराम भट्टराई, क्षेत्र नं. ३ का घननाथ खनाललगायतको नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोना संक्रमणको अवस्था ओरालो लाग्दै

१ श्रावण २०७८, शुक्रबार १५:३२
नेपालगञ्ज : कोरोनाको तेस्रो भेरियन्टको तयारी कै अवस्थामा बाँकेमा सञ्चालनमा ल्याईएका कोभिड बिशेष अस्पतालमा कोभिड–१९ का संक्रमितको संख्या क्रमिक रुपले घट्दो क्रममा रहेको पाईएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोभिड अस्पताल समन्वय फोकल पर्शन नरेशबाबु श्रेष्ठले २०७७ चैत्र २५ गतेपछि २८ जनाबाट उकालो लागेको कोभिड–१९ दोस्रो भेरिएन्टबाट […]